FAQs Complain Problems

७४/७५

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो ।  यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये पातारासी गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो । जुम्ला जिल्लामा विद्यमाना १ नगरपालिका र ७ वटा गाउँपालिका  मध्ये पातारासी गाउँपालिका पनि एक हो । गाउँपालिकाको केन्द्र साविकको डिल्लीचौर गा वि स को लासी बजारमा एउटा निजी घरमा हाल सञ्चालन भइरहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृतिका मानिसहरुको बसोबास भएता पनि यस क्षत्रीहरुको बाहुल्यता रहेको छ ।  समुन्द्र सतहदेखि करिब ३२०० मिटरसम्मको उचाइमा रहेको पातारासी गाउँपालिका भौगोलिक अपस्थितिका हिसाबले २९ डिग्री १३ मिनेट ४५ सेकेन्ड उत्तरदेखि २९ डिग्री ३० मिनेट २५ सेकेन्ड उत्तरी अक्षांश र ८२ डिग्री ०९ मिनेट ५५ सेकेन्ड पूर्वदेखि ८२ डिग्री ३५ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरबीच फैलिएको छ । यो गाउँपालिका जुम्ला जिल्लाको सदरमुखकाम खलङ्गादेखि उत्तर पूर्व दिशामा रहेको छ । यस गाउँपालकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दनाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिक, उत्तरमा मुगु जिल्ला र दक्षिणमा गुठीचौर गाउँपालिका रहेको छ । गाउँपालकाको  घरधुरी सर्वेक्षण २०७५ अनुसार यो गाउँपालिकाको क्षेत्रफल ८१४.०७ वर्ग कि.मि. रहेको छ भने यहाँको कुल घरधुरी ३१७४ र जनसंख्या १७१३५ रहेको छ ।  भौगोलिक रुपमा विकट र दुर्गम भएतापनि पातारासी गाउँपालिकाको पर्यटकीय,  व्यवसायिक,  वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । पर्वतारोहण अवलोकन भ्रमण र जडिबुटी संकलन दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावना बोकेको पातारासी हिमालको नामबाट पातारासी गाउँपालिका भनी यस स्थानीय तहको नामाकरण गरिएको हो । धानचौरी तातोपानी क्षेत्रमा पाईने मिश्रित जलस्रोत यस क्षेत्रको पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।

दस्तावेज: