FAQs Complain Problems

समाचार

पातारासी गाउँपालिकाको आर्थिक वर्ष २०७४।०७५ को समिक्षा तथा आ व २०७५।०७६ को बजेट वक्तव्य

पातारासी गाउँपालिकाको आ व २०७५।७६ को नीति कार्यक्रम तथा बजेट पातारासी गाउँपालिकाको दोस्रो गाउँसभाद्बारा असार १० गते पारित 

पातारासी गाउँपालिकाको दोस्रो गाउँसभाले आगामी आ व २०७५।०७६ को नीति कार्यक्रम तथा बजेट सर्वसम्म रुपमा पारित गरेको छ । पातारासी गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका अध्यक्ष श्री लछिन बोहोरा ज्यूको अध्यक्षतामा बसेको गाउँसभामा नीति कार्यक्रम तथा बजेट संयोजक तथा गाउँपालिका उपाध्यक्ष श्री पुन्नकली महताराको अनुमतिमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्री राम बहादुर बुढा ज्यूले सभामा पेश गर्नु भएको थियो भने कार्यक्रम सञ्चालकको भूमिका ना सु श्री दान बहादुर शाही ज्यूले निर्वाह गर्नु भएको थियो। उक्त सभामा गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरु, पत्रकार, संचारकर्मी र कर्मचारीहरुको उपस्थिति रहेको  थियो । योजना तर्जुमाका विभिन्न चरणहरु पार गर्दै स्थानिय गाउँ वस्तिका योजना संकलन देखि वडागत रुपमा भएका योजना तर्जुमा कार्यक्रमहरुलाई प्राथमिकता क्रमका आधारमा योजन छनोट गरि विषयगत छलफल गर्दै योजना सर्वसम्मतिमा छनोट गरेर गाउँसभामा पेश गरिएका योजनाहरु पातारासी गाउँपालिकाको दोस्रो गाउँसभाले सर्वसम्मत पास गरेको थियो । गाउँसभा सभ्य र भव्यरुपमा सफल भएको थियो । उक्त उक्त सभाले आगामी आ व २०७५।०७६ को लागि पातारासी गाउँपालिकालाई संघीय सरकार, प्रदेश सरकार तथा अन्य कार्यक्रमबाट समेत गरी प्राप्त कुल बजेट २५ करोड २५ लाख ९८ हजार मध्ये १३ करोड ३४ लाख ९९ हजार चालु तर्फ र ११ करोड ९० लाख ९९ हजार पूँजीगत तर्फ व्यय हुने गरि सदनमा पेश गरिएको बिनियोजित बजेट सर्वसम्मत रुपमा पारित भएको छ । उक्त सभाले  विभिन्न स्थानीय सरकारका ऐन तथा  कार्यविधिहरु पनि पारित गरेको  थियो ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: