FAQs Complain Problems

वडा नम्बर ४

साविकको डिल्लीचौर गा वि स का वडा नं ५, ६, ७, ८ र ९ नम्बर वडाहरु मिलेर हाल पातरासी गाउँपालिकाको वडा नं ४ बनेको छ । यो वडा पातारासी गाउँपालिकको सबैभन्दा बढी जनसंख्या भएको र यस गाउँपालिकको मूल क्षेत्र नै मानिन्छ  ।यस वडाले पातारासी गाउँपालिकाको कुल क्षत्रेफलको २३.०३ प्रतिशत अर्थात १८७. ५१ वर्ग किमि भूभाग ओगटेको छ भने यहाँको घरधुरी संख्या ५६३  रहेको छ । यहाँको कुल जनसंख्या ३०६८  रहेको छ । यस गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५ अनुसार यस वडाको घरधुरी ७०४ जनसंख्या ३५४१ रहेको छ । यहाँ यस वडामा विभिन्न जातजाती, समुदाय र भाषा र धर्म मान्ने मानिसहरु बसोबार गर्दछन् । यस क्षेत्रकै सबैभन्ला पहिला स्थापना भएको विद्यालय ऋणमोक्ष माध्यामिक विद्यालय यसै वडामा पर्दछ भने धानचौरी तातोपानी तथा रानी गुफा पर्यटकीय क्षेत्र पनि  यसै वडाको लुम गाउँमा पर्दछ ।  यस वडामा एउटा माध्यमिक विद्यालय,  २ वटा आधारभूत विद्यालय र ३ वटा बालविकास केन्द्रका साथै मानवशास्त्री श्री डोर बहादुर विष्टले स्थापना गर्नु भएको कर्णाली इस्टिच्युट डोलकानी  रहेका छन ।  हिमाली छात्रावास पनि यसै विद्यालयले सञ्चालन गरि गरिब र शिक्षाको अवसरबाट वन्चित हुनसक्ने छात्राहरुलाई पढ्ने अवसर यस विद्यालयले पर्दान गर्दै आइरहेको छ । यस वडामा एउटा स्वास्थ्यचौकीका साथै  गाउँपालिकाका कृषि र पशु सेवा शाखाका कार्यालय पनि यसै वडामा अवस्थित छन ।५८ किलोवाट क्षमताको डिल्लीचौर साना जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।यसै लघुजल विद्युतबाट उत्पादित उर्जाले वडा नं ४ देखि ६ सम्म चौविसै घण्टा विद्युत उपलब्ध गराउँदै आएको छ ।

निवर्पतमान पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री काली बहादुर रावत     ने क पा  सम्पर्क नं ९८६९७०६८६०

वडा सदसय श्री जय बहादुर बोहोरा     ने क पा  सम्पर्क नं   ९७४१२६८५३५

महिला वडा सदस्य श्री दन्तकली बोहोरा  ने क पा सम्पर्क नं 

दलित महिला सदस्य श्री विजु कामी      ने क पा 

नव निर्वाचित पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री काली बहादुर ऐडी    ने क पा माओवादी केन्द्र  सम्पर्क नं ९८६६६०४५५९

वडा सदसय श्री राम बहादुर बुढा    ने क पा  माओवादी सम्पर्क नं    

महिला वडा सदस्य श्री धनकली रोकाया  ने क पा माओवादी  सम्पर्क नं 

दलित महिला सदस्य श्री छमु नेपाली       ने क पा माओवादी 

वडा सदस्य श्री दल बहादुर थामी   ने क पा माओवादी केन्द्र

कर्मचारीको विवरण वडा सचिव श्री बृख बहादुर बुढा,  सव इन्जिनियर श्री पेमा लामा तामाङ्ग सामाजिक परिचालक श्री उषा बुढा    का स श्री अवि बोहोरा 

 

भौगोलिक अवस्थिति : अक्षांश : 290 18'7.08" र देशान्तर : 820 17'3.11"

Google Plus Code : 7MX4872M+RP

सम्पर्क व्यक्ति : काली बहादुर ऐडी वडा अध्यक्ष ९८६६६०४५५९

Population: 
३५४१
Ward Contact Number: 
९७४८९२५१७३