FAQs Complain Problems

वडा नम्बर ६

साविकको पटमारा गा  वि स का वडा नं ३, ७, ८ र ९ नम्बर वडाहरु मिलेर हालको पातारासी गाउँपालिकाको वडा नं ६ बनेको छ । यस वडाको वडा कार्यालय साविकको  पटमारा गा वि स को कार्यालय उर्थूमा सञ्चालन हुँदै आइरहेको छ । यस वडाले पातारासी गाउँपालिकाको कुल क्षेत्रफलको ८.६६ अर्थात ७०. ४९ वर्ग किमि भूभाग ओगटेको छ । पातारासी गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५ अनुसार यस वडाको घरधुरी संख्या ३९७ रहेको छ भने कुल जनसंख्या १९८३ रहेको छ  । यस वडाको राना गाउँ पातारासी गाउँपालिकाको प्रवेशद्वारको रुपमा रहेको छ । यस वडामा २ वटा आधारभूत विद्यालय रहेका छन् ।  यस वडाको उर्थू क्षेत्रलाई साविकको जिल्लाकृषि विकास कार्यालयले स्याउ पकेट क्षेत्रको रुपमा घोषणा गरेको थियो । यस क्षेत्रको मुख्य पेशा कृषि तथा व्यापार रहेको छ। यस क्षेत्रका कृषकहरुले तरकारी तथा स्याउ खेतीबाट आफ्नो  जिविका चलउँदै आएका छन । त्ययैले यस वडालाइ तरकारी पकेट क्षेत्र तोकिएको छ ।यस वडामा एउटा स्वास्थ्यचौकी र वर्थिङ सेन्टर तथा प्रयोग शाला पनि सञ्रचालनमा ल्याइएकोछ भने एउटा प्रहरी चौकी पनि रहेको छ । यस क्षेत्रका मानिसहरुले वेमौसमी तरकारी खेतिबाट पनि लाभ लिइरहेको छन । उर्थू बजार यस क्षेत्रको मुख्या बजार हो । अस्थायी प्रहरी पोष्ट तथा ट्राफिक पोष्टको समेत स्थापना गरिएको छ ।

निवर्तमान पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री धन बहादुर थापा     ने का      सम्पर्क नं ९७४२२५४०४६

वडा सदस्य श्री शंक महतारा          ने का      सम्पर्क नं ९८६०६२७९७७।९७४८६२६५०६

दलित महिला सदस्य श्री बाँचु सुनार ने का      सम्पर्क नं 

वडा सदस्य श्री लक्ष्मी बोहोरा           ने का      सम्पर्क नं   ९७४८१६७२७९     कार्यपालिका सदस्यमा निवर्वाचित

वडा सदस्य श्री  कार्मा बुढा             ने का   जिल्ला समन्वय उप प्रमूखमा निर्वाचित हुनु भएको 

नव निर्वाचित पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री कर्म बहादुर विष्ट     ने का      सम्पर्क नं  ९८४९८१४१९०

वडा सदस्य श्री दल बहादुर बुढ्थापा    ने क पा मओवादी केन्द्र     सम्पर्क नं 

दलित महिला सदस्य श्री सुक्कु सुनार  ने क पा एमाले    निर्विरोध निर्वाचित तथा कार्यपालिका सदस्यमा निर्वाचित सम्पर्क नं 

वडा सदस्य श्री नर बहादुर महतारा  ने का      सम्पर्क नं    

महिला  सदस्य श्री  चुटुकला महतारा   ने क पा माओवादी केन्द्र   सम्पर्क नं 

कर्मचारी विवरण -वडा सचिव  श्री लंक थापा, अ.स.इ. श्री हरिना शाही , का स श्री कर्ण विष्ट ।

भौगोलिक अवस्थिति : अक्षांश : 290 18'14.88" र देशान्तर : 82013'42.68"

Google Plus Code : 7MX4863H+R9

सम्पर्क व्यक्ति : लंक थापा सम्पर्क नं ९७४८१५३१३२।९८६८२९७९१९

Population: 
१९८३
Ward Contact Number: 
९७४८९१४२३५