FAQs Complain Problems

समाचार

वडा नम्बर ७

साविकको पटमारा गा  वि स का वडा नं १, २, ४, ५ र ६ मिलेर हालको पातारासी गाउँपालिका वडा नं ७ बनेको छ । यस वडाको वडा कार्यालय हल अस्थायी रुपमा वडा नं ६ को कार्यालय रहेको भवनमा संयुक्त रुपमा सञ्चालन हुँदै आइरहेको छ । यस वडाले पातारासी गाउँपालिकाको कुल क्षेत्रफलको ३८५ प्रतिशत अर्थात ३१. ३४ वर्ग किमि क्षेत्रफल ओगटेको छ । पातारासी गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५ अनुसार यस वडामा ३८८ घरधुरी रहेको छ भने कुल जनसंख्या १८५३ रहेको छ । यस क्षेत्रको मुख्या पेशा पशु पालन तथा कृषि रहेको छ । साविकको जिल्ला कृषि विकास कार्यालयले यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरेको थियो । जुम्ला बजारका लागि अत्यधिक आलु यसै क्षेत्रबाट आपूर्ति गरिन्छ। यस वडामा विभिन्न जातजाती, भाषाभाषी र धर्म संस्कृतिका मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा एउट माध्यामिक विद्यालय रहेको छ जहाँ कृषि विज्ञान प्राविधिक शिक्षा पनि सञ्चालन गरिएको छ  भने एउटा आधारभूत विद्यालय पनि  रहेको छ । यस वडाको सीमानाले पातारासी गाउँपालिकाको सीमानाका रुपमा चन्दनाथ नगरपालिका र कनकासन्दरी गाउँपालिकालाई पनि छुट्याएको छ ।  खाली पर्यटकीय क्षेत्र पनि यसै वडामा पर्दछ । 

Population: 
१८५३
Ward Contact Number: 
९७४८९०८५०३