FAQs Complain Problems

सूचना प्रविधि शाखाद्वारा प्रदान गरिएको सूचान प्रविधि तथा मोबाइल एप्स सम्बन्धि अभिमूखीकरण तालिम सम्मपन्न

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

जनप्रतिनिधि तथा कर्मचारिहरुमा आजको युगको आवश्यकतालाई महसुस गरि सूचना प्रविधिसँग परिचित गर्दै उपयोग गर्न सक्ने क्षमतामा वृद्धि गर्ने उद्देश्यले  गाउँपालिकाको वार्षिक कार्यक्रम बमोजिम २  दिन गाउँपालिकामा ईन्टरनेट सेवा त्यत्ती राम्र काम नगर्न भएकोले जिल्ला समन्वय समिति जुम्लाको हलमा सम्पन्न भएको छ  । यो  कार्यक्रम लिएपश्चात जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्नो ईमेल प्रयोग गर्न सक्ने र यस गाउँपालिकाको मोाबाइल एप्सको प्रयोग गर्न सक्ने छन् भन्ने लक्ष्य लिएको र सोही बमोजिम तालिम सञ्चालन गरिएको सूचना प्रविधि अधिकृत श्री प्रेम बहादुर शाहीले बताउनु भयो । यस कार्यक्रमको उपलब्धीलाई पछिका दिनहरुमा जनप्रतिनिधिहरु र कर्मचारिहरुले प्रयोग गर्ने मोबाइल एप्स  र ई मेल ईन्टरनेट सेवाले थाहा हुनेछ।

आर्थिक वर्ष:

//