समाचार
मिति २०७५ चैत्र १३ गते स्याउ सुपरजोन जम्लाको आयोजनामा फल्डस्तरमा सिजनल योजना तर्जुमा गोष्ठी सम्पन्न ।
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
आज मिति २०७५ साल चैत्र १३ गते स्याउ सुपरजोन जुम्लाको आयोजनामा यस पातारासी गाउँपालिकामा उक्त कार्यक्रमको नियमित कार्यक्रम बमोजिम फल्डस्तरमा सिजनल योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख आथित्यता गर्नु भएका यस गाउँपालिका अध्यक्ष श्री लछिमन बोहोरा ज्यूले अबको योजना तर्जुमा गर्दा उक्त स्याउ सुपरजोन कार्यक्रम जुम्लाले साना टुक्रे योजना नबनाई यस्ता फिल्डस्तरमा उठेका माग बमोजिम किसान आफैले गर्न नसक्ने ठूला योजना सहयोग गर्नुपर्नेमा जोड दिनु भयो र सहभागिहरुलाई पनि योजना छनोट गर्दा ठूला तथा दृघकालिन रुपमा फाइदा पुग्ने खालका योजना छनोट गर्न सुझाव दिनु भयो । सो अवसरमा सहभागिहरुलाई दुई समूहमा विभाजन गरि योजना छनोट गर्न लगाएको र अब आगामी वर्षमा योजना तर्जुमा गर्दा फिल्डस्तरमा माग भई आएका योजनालाई प्राथमिकता दिइने उक्त कार्यक्रमका कृषि अधिकृत जोगेन्द्र कुन्दले बताउनु भएको छ । यस कार्यक्रमका सहभागिहरुले गाउँपालिकाको स्याउ खेती विस्तार र विकासम सहयोग पुरयाउने आशा व्यक्त गर्दै यस्तो कार्यक्रम आयोजन गरेकोमा धन्यवाद ज्ञापन गरेको छन् ।
