समाचार
पातारासी गाउँपालिकामा समायोजन भई आउनु भएका लेखा सहायक पाँचौ श्री जितेन्द्र रावत ज्यूलाई स्वागत गरिदै
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
यस पातारासी गाउँपालिकाले यसै गाउँपालिकाका स्थानीय श्री जितेन्द्र बुढा ज्यूलाई नयाँ लेखापालका रुपमा पाएको छ । उहाँलाई यस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कर्मचारीहरु लगायतले मिति २०७५।१२।२२ गते स्वागत गरेको छ । उहाँको कार्यकालमा यस गाउँपालिकाका सबैले सहज रुपमा समयमै सेवा पाउने छन् भन्ने आशा छ। उहाँको कार्यकाल सफल रहोस् साथै जीवन अँझधेरै उत्तरउत्तर प्रगति हुँदै जाउनु ।



