FAQs Complain Problems

वडा नम्बर १

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

साविकको पातारासी गा. वि. स. को वडा नं ६, ७, ८ र ९ नं वडाहरु मिलेर बनेको यस वडामा यस गाउँपालिकाको नामाकरण गरिएको स्थान पातारासी हिमाल र साविकको कर्णाली अञ्चलकै सबैभन्दा बढि ९९० किलोवाटउत्पादन क्षमताको चुकेनी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । यस गाउँपालिकाको सबैभन्दा ठूलो भौगोलिक क्षेत्र २८.२०% अर्थात २२९. ५३ वर्ग कि मि पनि यस वडाले ओगटेको छ । यस वडामा २६० घरधूरी र १४५८ जनसंख्या रहेको छ । यस क्षेत्रको मुख्य पेशा भेडा बाख्रा पालन तथा कृषि रहेको छ । यस क्षेत्रको मानिसहरुले जडिबुटीको संकलन तथा व्यापारबाट आफ्नो जीवनयापन गरिरहेको छन् । यस क्षेत्रको गढिगाउँमा एक निजी घर भाडामा लिएर वडापालिका कार्यालय सञ्चालन गरिएको छ । यस वडामा गढिगाउँ र पेरे दुईवटा गाउँहरु पर्दछन । यस वडामा गंगादेवी आधारभूत विद्यालय र गंगा माध्यमिक विद्यालय रहनुका साथै एउटा माथाचौर स्वास्थ्यचौकी पनि रहेको र ल्याव सेवा तथा प्रसुति सेवा समेत सञ्चाालन गरिएको छ ।

 

निवर्तमान पदाधिकारीको विवरण वडा अध्दयक्ष दत्त बहादुर बुढा सदस्य चन्द्र सिंह ऐडी चन्द्र बहादुर बुढा बल बहादु बुढा चैती ऐडी 

नवनिर्वाचित पदाधिकारीहरुको विवरण 

वडा अध्यक्ष श्री  लालसिंह ऐडी     ने क पा माओवादी केन्द्र            सम्पर्क नं ९८४८०७८१७३

वडा सदस्य श्री सर्केनी बुढा            नेपाली कँग्रस कार्य पालिका सदस्यमा  निर्वाचित               

वडा सदस्य श्री गोर बहादुर बुढा     नेपाली कँग्रेस  सम्पर्क नं                                                

वडा सदस्य श्री विस्क बहादुुर ऐडी   ने क पा माओवादी केन्द्र 

कर्मचारी विवरण वडा सचिव श्री शिव प्रसाद धिताल ,असिस्टेन्ट सव इन्जिनियर श्री बिर्ख नेपाली, सामाजिक परिचालक श्री शुक बहादुर ऐडी, का स श्री चुम्मा बुढा ,का स ।

भौगोलिक अवस्थिति : अक्षांस 290 16'56.90"  र देशान्तर 820 21'24.21" 

Google Plus Code : 7MX479M4+2M

सम्पर्क व्यक्ति :  सम्पर्क नं ९७६८०७८१७३

Population: 
१४५८
Ward Contact Number: 
९७४८०७८६८०
//