समाचार
वडा नम्बर ४
साविकको डिल्लीचौर गा वि स का वडा नं ५, ६, ७, ८ र ९ नम्बर वडाहरु मिलेर हाल पातरासी गाउँपालिकाको वडा नं ४ बनेको छ । यो वडा पातारासी गाउँपालिकको सबैभन्दा बढी जनसंख्या भएको र यस गाउँपालिकको मूल क्षेत्र नै मानिन्छ ।यस वडाले पातारासी गाउँपालिकाको कुल क्षत्रेफलको २३.०३ प्रतिशत अर्थात १८७. ५१ वर्ग किमि भूभाग ओगटेको छ भने यहाँको घरधुरी संख्या ५६३ रहेको छ । यहाँको कुल जनसंख्या ३०६८ रहेको छ । यस गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५ अनुसार यस वडाको घरधुरी ७०४ जनसंख्या ३५४१ रहेको छ । यहाँ यस वडामा विभिन्न जातजाती, समुदाय र भाषा र धर्म मान्ने मानिसहरु बसोबार गर्दछन् । यस क्षेत्रकै सबैभन्ला पहिला स्थापना भएको विद्यालय ऋणमोक्ष माध्यामिक विद्यालय यसै वडामा पर्दछ भने धानचौरी तातोपानी तथा रानी गुफा पर्यटकीय क्षेत्र पनि यसै वडाको लुम गाउँमा पर्दछ । यस वडामा एउटा माध्यमिक विद्यालय, २ वटा आधारभूत विद्यालय र ३ वटा बालविकास केन्द्र रहेका छन । यस क्षेत्रको प्राविधिक शिक्षा सव- ओवरसियरको पढाइ पनि ऋणमोक्ष मा वि मा हुनुको साथै हिमाली छात्रावास पनि यसै विद्यालयले सञ्चालन गरि गरिब र शिक्षाको अवसरबाट वन्चित हुनसक्ने छात्राहरुलाई पढ्ने अवसर यस विद्यालयले पर्दान गर्दै आइरहेको छ । यस वडामा एउटा स्वास्थ्यचौकीका साथै गाउँपालिकाका कृषि र पशु सेवा शाखाका कार्यालय पनि यसै वडामा अवस्थित छन ।