समाचार
वडा नम्बर २
साविकको पातारासी गा. वि. स. को वडा नं १, २, ३, ४ र ५ मिलेर यस पातारासी गाउँपालिकको वडा नं २ बनेको छ । यस वडाले पातारासी गाउँपालिकाको कुल भूभागको २३.७८ प्रतिशत भूगोल ओगटेको छ । यस क्षेत्रको मुख्या पेशा पशु पालन र कृषि हो भने यहाँको वन जङ्गलबाट विभिन्न किसिमका जडिबुटीहरुको संकलन र व्यापारबाट यस क्षेत्रका जनताको आम्दानिमा सहयोग पुगेको छ । कायामोक्ष मन्दिर, तालकोट मैदान तथा वनभोज स्थल यस क्षेत्रका पर्यटकीय स्थल हुन । यस वडाको शिक्षाको धरोहरको रुपमा सरस्वती माध्यामिक विद्यालय रहेको छ भने पातारासी भ्यू बोर्डिङ स्कुल निजी शैक्षिक संस्थाका रुपमा सञ्चालनमा रहेको छ । यस वडाको वडा कार्यालय आफ्नै नयाँ भवनमा ०८० श्रावणबाट सञ्चालन हुँदै आएको छ । घरधुरी सर्वेक्षण २०७५ अनुसार यस वडामा ५३१ घरधुरी रहेको छ भने ३०२४ जनसंख्या रहेको छ। यस वडामा हिन्दू, बौद्ध र ईसाई धर्मावलम्वीहरु मिलेर बसोबास गर्दै आइरहेको पाइन्छ । यस क्षेत्रको मुख्या बालिका रुपमा मकै, गहुँ, फापर, आलु,जौ, कोदो आदि लागाउने गरेको पाइन्छ । यहाँको भौगोलिक अवस्थालाई हेर्ने हो भने सम्म परेको तराइको फाँट जस्तै जमिन मिलेको छ ।साथै यसै वडामा एउटा जटामसी भुल्ते प्रशोधन उद्योग रहेको छ भने २०७६ भदौ २० देखि २१ गते सम्म सामूदायिक वन राष्ट्रिय महासंघ केन्द्रिय कार्य मितिको बैठक सम्पन्न हुँदा पालिकाको महत्वपूर्ण सहयोग रहेको थियो । अरु वडामा जस्तै यस वडामा पनि हुरीगाड लघु जलविद्युत आयोजना रहेको छ साथै यस वडा निवासी श्री सुनमाया बुढा र राममाया बुढा ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा टराईल रन मेराथुंन प्रतिस्पर्धामा सहभागी भई प्रथम स्थान हासिल गरी यस पालिका लगाईत समग्र देशको नामको बिश्वो सामू चिनाउन सफल भएकी छन् यस पालिकामा पर्यटकिय तथा धार्मिक स्थलहरुमा पातारासी हिमाल बालीगांड ताल शंकर झरना देविस्थल धौलीदह चने ताल लगाईत का स्थान हरु रहेका छन्।
निवर्पतमान दाधिकारीहरुको विवरण
वडा अध्यक्ष श्री कन्न बोहोरा ने क पा मओवादी सम्पर्क नं ९७४८९१४४७८ वडा सदस्य श्री बल बहादुर बोहोरा ने क पा मओवादी महिला सदस्य श्री काली बोहोरा ने क पा मओवादी सम्पर्क नं ९७४८९०८३६१ दलित महिला सदस्य श्री हिमाली नेपाली ने क पा माओवादी जिल्ला समन्वय सदस्यमा निर्वाचित वडा सदसय श्री काली बहादुर सार्की ने क पा माओवादी सम्पर्क नं ९७४८६३६३०८
नवनिर्वाचित पदाधिकारीहरुको विवरण
वडा अध्यक्ष श्री बल बहादुर बोहोरा नेपाली काँग्रेस सम्पर्क नं ९७६५३६७७२५
म स श्री कमला बुढा नेपाली काँग्रेस
द म स श्री पानकली कामी नेपाली काँग्रेस
सदस्य श्री मान बहादुर बुढा नेपाली काँग्रेस
सदस्य श्री सुकविरे कामी ने क पा माओवादी
कर्मचारी विवरण -वडा सचिव श्री लंक थापा ,अ. स. इ .श्री प्रबेश महतारा, सामाजिक परिचालक श्री अमृता बोहोरा ,का. स.श्री डबल बोहोरा
भौगोलिक अवस्थिति : अक्षांश : 290 18'0.40" र देशान्तर : 820 20'39.28"
Google Plus Code : 7MX48923+53
सम्पर्क व्यक्ति : लंक थापा ९७६८१५३१३२