FAQs Complain Problems

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

"म स्वस्थ मेरो पालिका स्वस्थ मेरो देश स्वस्थ" भन्ने मूल नाराका साथ पातारासी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर २०७६ बैशाख ११ गतेबाट सञ्चाल भई १२ गते समाप्त भयो । उक्त शिविरमा जम्मा ५६० जनाले चेक जाँच गराएका थिए भने जसमध्ये ३२२ महिला, १०३ पुरुष,६५  बालिका र  ७० बालकहरुले लाभ लिएका थिए । उक्त स्वास्थ्य शिविरमा जम्मा ५० प्रकारका औषधिहरु निःशुल्क वितरण गरिएको थियो।  शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ जना डाक्टरहरु र गाउँपालिका अन्तर्गतका ४ वटै स्वास्थ्यचौकीका  एच् ए हरुले बिरामीहरुको स्वास्थ्य परीक्ष गरि औषधि तथा परामर्श उपलब्ध गराउनु भएको थियो । उक्त शिविरमा स्वयम सेवकहरु स्वास्थ्यकर्मीहरु र कर्मचारीहरुको सहयोग रहेको थियो। शिविर पूर्ण रुपमा सफल एवं लाभप्रदक भएको थियो । 

आर्थिक वर्ष:

//