समाचार
श्री पुन्नकली महतारा
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

२०६५ सालबाट नेपाली काँग्रस पाटीको सदस्यतालिई साधारण सदस्यको रुपमा काम गरेको र २०६८ सालमा कृयाशिल सदस्यता प्राप्त गरेको र सोही बमोजिम काम गरेको । २०७१ सालदेखि २०७४ साल सम्म नेपाली काँग्रेसको भात्री संगठन नेपाल महिला संघको क्रियाशिल सदस्यको रुपमा काम गरेको । नेपालको २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पाटिबाट टिकट प्राप्त गरि चुनाव जितेर हाल उपाध्यक्षको रुपमा गाउँपालिमा जनताको सेवामा समर्पित रहेको साथै नेपाली काँग्रेसको क्रियाशिल सदस्यको रुपमा पनि काम गरिरहेको ।
कृषि पेशामा आवद्ध रहेको र विभिन्न किसिमका स्थानीय बालीनाली उत्पाद गर्ने गर्नेका साथै आलु उत्पादन गरि बेचविखन गरेर घरपरिवार चलाउने खर्च टार्ने गरेको ।